Kathmandu Press

देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्छ : सिंह

काठमाडाैं, साउन २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताएका छन्।  शनिबार काठमाडौंमा गुह्वेश्वरी...
देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्छ : सिंह

काठमाडाैं, साउन २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताएका छन्।  

शनिबार काठमाडौंमा गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै नेता सिंहले जनतालाई अधिकार दिलाउने काम कांग्रेसले गरेको भन्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताएका हुन्।

अरुले गरेको गलत कामको मार कांग्रेसले खेप्नुपरेको तर मुलुकमा संकट पर्दा पार लगाउने काम कांग्रेसबाटै भएको उनले बताए। नेता सिंहले अवसर पाउदा काम नगर्ने र पटक पटक जनताको अपमान गर्ने हरु फेरी पनि रोईकराई गर्न थालेको भन्दै गठबन्धनले नै मुलुकलाई अघि बढाउने जिकिर गरे।

आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभवले नम्बर वन म्यान भएर देशको कायापलट गर्ने चाहना रहेको उहाको भनाइ छ।

नेता सिंहले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आफुले प्रयास गरिरहेको भन्दै आफ्नो क्षेत्रमा रहेका सवै सामुदायिक विद्यालयको पूर्वाधार विकासमा आफूले विशेष ध्यान दिएको बताए। 

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्