अब सबै आम निर्वाचनमा केन्द्रित हुनुपर्छ : नेता पौडेल
चितवन, साउन २१ : सत्तारुढ दल नेपाली कंग्रेसका नेता प्रदीप पौडेलले अब सबै आम निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा...
चितवन, साउन २१ : सत्तारुढ दल नेपाली कंग्रेसका नेता प्रदीप पौडेलले अब सबै आम निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दैता नेता पौडेलले सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचत घोषणा गरेकाले सबैलाई त्यसमा केन्द्रित हुन आग्रह गरे।
नेता पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको पनि बताए । उनले भने, ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको रोडम्याप अहिलेदेखि नै बनाउनु पर्छ।’
देशलाई स्थिर सरकार दिनका लागि पनि पार्टीका पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाइ थियो।
कांग्रेसका भातृ संस्थाहरूले साउनभित्रै पूर्णता पाउने पौडेलले बताए। उनले निर्वाचनपछि भातृ संस्थाहरुको अधिवेशन हुने पनि बताए।
प्रकाशित मिति: १२:२८ बजे, शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











