Kathmandu Press

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध, गाउँपालिका भवन जोखिममा

सिन्धुपाल्चोक, साउन २१ : लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै...
बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध, गाउँपालिका भवन जोखिममा

सिन्धुपाल्चोक, साउन २१ : लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायात तथा  एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर डुबेका छन् ।

गए राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामा बताए। अहिले पहिरो पन्छाउने काम भइरहेको उनले बताए।

बाढीले पु¥याएको क्षतिका बारेमा एकिन हुन नसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार निरन्तर वर्षा भइरहेकाले हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ ।

यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पु¥याएको छ ।

प्रकाशित मिति: १२:१७ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्