Kathmandu Press

‘संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ’

चितवन, साउन २१ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन आवश्यक...
‘संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ’
फाइल तस्बिर ।

चितवन, साउन २१ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन आवश्यक रहेको बताएका छन्।

चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता डा. कोइरालाले कांग्रेससँग एक्लै निर्वाचन लड्ने तागत भए पनि संविधानको रक्षा, देश विकास र स्थिरताका लागि गठबन्धन गर्नुपरेको बताए।

‘सरकार गठबन्धनको छ । गठबन्धनबाटै निर्वाचनमा जाँदा सहज हुन्छ,’ नेता डा.कोइरालाले भने, ‘एमालेसँग प्रतिशपर्धा गर्नका लागि एक हुनु प¥यो ।’

गठबन्धन दलहरुबीच सिट बाँडफाँड कसरी हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले कांग्रेसले एक सय सिट पाउनु पर्ने दाबी गरे। अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही सँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो ।

संविधान र ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।

प्रकाशित मिति: ११:५२ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्