मार्टिनेलीको गोलमा आर्सनलको जित
काठमाडाैं, साउन २१ : इंग्लिस प्रियिमर लिगमा आर्सनले विजयी सुरुआत गरेको छ। शुक्रबार राति भएको सिजनको उद्घाटन खेलमा ब्राजिलियन युवा स्ट्राइकर ग्याब्रियल मार्टिनेलीको...
काठमाडाैं, साउन २१ : इंग्लिस प्रियिमर लिगमा आर्सनले विजयी सुरुआत गरेको छ। शुक्रबार राति भएको सिजनको उद्घाटन खेलमा ब्राजिलियन युवा स्ट्राइकर ग्याब्रियल मार्टिनेलीको गोल मद्दतमा आर्सनलले क्रिस्टल प्यालेसमाथि २–०को जित निकाल्यो।
निकै रोमाञ्चक खेलमा आर्सनका लागि मार्टिनेलीले एक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। खेलमा दुवै हाफमा गोल भएको थियो।
खेलको २०औं मिनेटमा मार्टिनेलीले आर्सनललाई अग्रता दिलाए। कप्तान मार्टिन ओडेगार्डको कर्नमा अलेक्जेन्डर जिन्जेन्कोले दिएको हेडिङ पासलाई हेडिङ मार्फत नै उलने गोल गरेका थिए । उनी प्रिमियर लिगमा सिजनको पहिलो गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी पनि बनेका छन्।
८५औं मिनेटमा क्रिस्टल प्यालेसका मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले सहज जित निकाल्यो।
यो आर्सनल प्रशिक्षक मिकेल अर्टेटाको लिगमा ५०औं जित हो । उनले ९८ खेलमा यो उपलब्धि हाँसिल गरेका छन्। उनी आर्सने वेंगरपछि आर्सनललाई सर्वाधिक छिटो ५० खेल जिताउन प्रशिक्षक बनेका छन्।











