Kathmandu Press

दाङ पुगेर नेम्वाङले भने– सर्वोच्च कामुको भरमा चलाउनु लल्जास्पद हो

दाङ, साउन २१ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालत लामो समयसम्म कामुको भरमा चलाउन उपयुक्त नभएको बताएका छन्।...
दाङ पुगेर नेम्वाङले भने– सर्वोच्च कामुको भरमा चलाउनु लल्जास्पद हो

दाङ, साउन २१ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालत लामो समयसम्म कामुको भरमा चलाउन उपयुक्त नभएको बताएका छन्। दाङमा एक कार्यक्रमलाई सम्बोधन गर्र्दै नेता नेम्वाङले लामो समयसम्म कामुको भरमा सर्वोच्च चलाउनु लज्जाको विषय भएको बताए ।

नेता नेम्वाङले प्रधान न्यायाधीशमाथि लगाइएको महाअभियोग चाँडो टुंग्याउनु पर्ने बताए । महाभियोग छानविन समितिलाई काम गर्न नदिएर न्यायालयलाई प्रभावित पार्न खोजेको पनि उनले बताए।

जतिसक्यो चाँडो प्रधान न्यायाधीशविरूद्धको महाभियोगको छिनोफानो गर्नुपर्ने उनको भनाई छ ।

यस्तै, नेम्वाङले सत्ता गठबन्धन एमालेविरुद्ध एक्लै लड्न नसक्ने दाबी गरेका छन्। उनले विचार र सिद्धान्त नमिल्नेहरु बीच गठबन्धन गरेर संसदीय मुल्य मान्यताविपरीत काम गर्दा देश दुर्घटनामा पनि बताए।

एमालेको दवावकै कारण सरकारले आगामी निर्वाचनको मिति तोकेको बताउँदै उनले अब देशलाई असहज अवस्थाबाट पार लगाउन जनताले फैसला गर्नुपर्ने बेला आएको उल्लेख गरे।

 

प्रकाशित मिति: १०:५८ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्