प्रचण्डले सम्झिए आवेसँगको भेट र अन्तरक्रिया
पानको नारिता विमानस्थलमा उत्रै लगत्तै प्रचण्डेले पूर्वप्रधानमन्त्री शिन्जो आवेसँग जापानमै भेट्ने इच्छा पुरा नभएको प्रतिक्रिया दिए ।
काठमाडाैं, साउन २१ : नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अहिले जापानमा छन्। पाँच दिने भ्रमणका लागि प्रचण्ड आजै जापान पुगेका हुन्।
जापानको नारिता विमानस्थलमा उत्रै लगत्तै प्रचण्डेले पूर्वप्रधानमन्त्री शिन्जो आवेसँग जापानमै भेट्ने इच्छा पुरा नभएको प्रतिक्रिया दिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आवेसँगका पटक–पटकका भेट र अन्तरक्रियाहरु सम्झिए।
साथै प्रचण्डले यो भ्रमणका क्रममा आवेलाई जापानमै भेट्नका लागि राजदूत र दूतावासमार्फत समय मिलाउने प्रयास गरेको बताए । उनले आवेलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई थप उचाइमा कसरी लैजाने भन्ने विषयमा आफूले कुरा गर्न चाहेको बताए ।
पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो ।
प्रकाशित मिति: १०:४५ बजे, शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











