माओवादीका अध्यक्ष प्रचण्ड जापानमा
काठमाडौं, साउन २१ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन्।जापानको...
काठमाडौं, साउन २१ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन्।
जापानको राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ। अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो। सो घटना भएको ७५ वर्ष पूरा भएको छ।
उनी नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्रियामा सहभागिता हुनेछन्। जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।











