Kathmandu Press

नुवाकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प

काठमाडौं, साउन २१ : आज बिहानै नुवाकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान...
नुवाकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प

काठमाडौं, साउन २१ : आज बिहानै नुवाकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ः२६ बजे भूकम्प गएको हो।

बिहानै ५.३ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए। काठमाडौंलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ।

यसअघि आइतबार बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिकालाई केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको को भूकम्प गएको थियो।

आज गएको भूकम्प पनि २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको परकम्पकै रूपमा रहेको केन्द्रले जनाएको छ।

 

प्रकाशित मिति: ०६:४१ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्