Kathmandu Press

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

कास्की, साउन २० : गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम...
पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

कास्की, साउन २० : गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताएका छन।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज उनले भने, 'जहाँ स्वतन्त्रता हुँदैन त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्दछ।'

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजले पत्रकारिता क्षेत्रलाई सदैव सम्मान र भरोसा गर्दै आएकाले जनविश्वासमा कमी आउने खालका गतिविधि हुन नहुनेमा जोड दिए। जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सञ्चार क्षेत्र आवाजविहीनको आवाज बन्नुपर्ने बताए।

कार्यक्रममा पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ। गुरुङलाई विसं २०७७ र तिमिल्सिनालाई विसं २०७८ को पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशि जनही रु २५ हजार एक, दोसल्ला र सम्मानपत्र रहेको छ।

पत्रकार तिमिल्सिना महासङ्घका उपाध्यक्ष हुन। गुरुङ लामो समयदेखि फोटो पत्रकारितामा आबद्ध छन। पोखरा–११ फूलबारीका पत्रकारसमेत रहेका स्व भण्डारीको स्मृतिमा उनको परिवारजनबाट स्थापना गरेको पुरस्कारबाट बर्सेनि एकजनालाई सञ्चारकर्मीलाई पुरस्कृत गरिँदै आइएको छ।

प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्