Kathmandu Press

नवौं राष्ट्रिय खेलकुद : ४०७ इभेन्ट्समा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा हुने

काठमाडाैं, साउन २० : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद कुल ४०७ इभेन्ट्समा ३९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।नवौं राष्ट्रिय...
नवौं राष्ट्रिय खेलकुद : ४०७ इभेन्ट्समा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा हुने

काठमाडाैं, साउन २० : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद कुल ४०७ इभेन्ट्समा ३९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिले कुल ४०७ इभेन्ट्समा ३९३ स्वर्ण, ३९३ रजत र ६०१ कास्य पदका लागि प्रतिस्पर्धा हुने टुंगो लगाएको छ। समितिले सरोकालवालाहरुसँग छलफल गरेर पदकको टुंगो लगाएको हो।

असोज अन्तिम सातादेखि सुरु हुने राष्ट्रिय खेलकुदमा कुल ३६ खेल समावेश छन्। जसमा सात प्रदेश, तीन विभागीय र एनआरएनएको टिम गरी कुल ११ टिमको सहभागीता रहने छ।

प्रत्येक टिमले बढीमा ३६९ पुरुष र ३३९ महिला खेलाडी सभागी गराउन पाउने छन्। राखेपले भदौ १५ भित्र खेलाडी संख्या र २५ गतेभित्र नाम दर्ता गराउन भनेको छ।

प्रकाशित मिति: २०:०७ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्