नक्कली नाेटसहित चार जना पक्राउ
राैतहट, साउन २० : रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष...
राैतहट, साउन २० : रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेका छन।
उनीहरूले मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका–३ जिउताही टोलमा लागेको मेलामा उनीहरूले नक्कली नोट दिएर सामान खरिद गरेका थिए।
उक्त मेलाका पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए।सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो।
प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











