नेपालले केन्यासँग ५ खेलको टि–२० र ३ खेलको एकदिवसीय सिरिज खेल्ने
काठमाडाैं, साउन २० : नेपाली राष्ट्रिय क्रिकेट टिमले अफ्रिकी मुलुक केन्यासँग टि–२० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल भ्रमणमा रहेका केन्या क्रिकेट...
काठमाडाैं, साउन २० : नेपाली राष्ट्रिय क्रिकेट टिमले अफ्रिकी मुलुक केन्यासँग टि–२० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल भ्रमणमा रहेका केन्या क्रिकेट बोर्डका अध्यक्ष मनोज पटेलसँगको छलफलपछि नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजको खेल संख्याको टुंगो लगाएको हो।
क्यानका अनुसार केन्या भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग ५ खेलको टि–२० र ३ तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ। कुनै अन्तर्राष्ट्रिय खेल नरहेकाले केन्याको प्रस्ताव क्यानले स्वीकार गरेको हो।
सिरिजको मिति तय भइनसकेपनि नेपाली टिम अगस्त अन्तिममा साता केन्या जाने क्यालने जनाएको छ। नेपाली टिमको केन्या भ्रमणको सम्पूर्ण खर्च केन्य क्रिकेट बोर्डले बेहोर्ने बताइएको छ।
प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











