Kathmandu Press

६ सचिवको सरुवा, दुईको पदस्थापन

काठमाडौं, साउन २० : सरकारले ६ जना सचिवको सरुवा र दुई सचिवको पदस्थापन गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गर्ने...
६ सचिवको सरुवा, दुईको पदस्थापन

काठमाडौं, साउन २० : सरकारले ६ जना सचिवको सरुवा र दुई सचिवको पदस्थापन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गर्ने र २ जना सचिवको पदस्थापन गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पु¥याइएको छ।

उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याई अतिरिक्तमा राखिएको छ। अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको उपराष्ट्रपति कार्यालय, लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ।

सरकारले बिहीबार मात्रै प्रशासनतर्फ सहसचिवबाट सचिवमा बढुवा गरेका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। लेखा परीक्षणतर्फ नायब महालेखापरीक्षकबाट उप–महालेखापरीक्षकमा बढुवा गरेका विन्दु विष्टलाई महालेखा परीक्षकको कार्यालयमा नै पदस्थापन गरेको छ।

सरकारले अर्थ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रिक्त राखेको छ। सरकारको यो निर्णय सँगै अब दुई सचिव पद रिक्त छन् भने एक जनाको बढुवा सिफारिस हुँदै छ र एक जना जगेडामा छन्।

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्