Kathmandu Press

महिला फुटबल वरीयताकाे १०२औं स्थानमा नेपाल, खस्कियाे एक स्थान

काठमाडाैं, साउन २० : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ। नयाँ वरीयता...
महिला फुटबल वरीयताकाे १०२औं स्थानमा नेपाल, खस्कियाे एक स्थान

काठमाडाैं, साउन २० : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ। 

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो। यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो। दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत छ।

भारत ५८ औँ स्थानमा छ। बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ। विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ।

यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ। इङ्ग्ल्यान्ड चौथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ। नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन्।

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्