Kathmandu Press

काठमाडौं उपत्यकामा ३९० जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ३ सय २१, ललितपुरमा ५४...
काठमाडौं उपत्यकामा ३९० जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ३ सय २१, ललितपुरमा ५४ र भक्तपुरमा १५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ८ पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार १ सय ६९, ललितपुरमा ७ सय ४५ र भक्तपुरमा ९४ रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्