Kathmandu Press

थप ९१२ जनामा कोरोना संक्रमण, एकको मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ४९१ जनामा कोरोना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । 
थप ९१२ जनामा कोरोना संक्रमण, एकको मृत्यु 

काठमाडौं, साउन २० : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ४९१ जनामा कोरोना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । 

जसमध्य २ हजार ९४१ जनामा पीसीआर परीक्षण गर्दा  ५२९ र ३ हजार ५५० जनामा एन्टीजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो । 

सोही अवधिमा ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ८९ हजार ३५० र एन्टीजेनतर्फ १ लाख ४४ हजार  १७५ जना पुगेका छन् । त्यस्तै निको हुनेको संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ। 

हालसम्म ११ हजार ९७० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ। 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्