Kathmandu Press

महँगी र भ्रष्टाचारविरुद्ध एमालेले थाल्याे हस्ताक्षर अभियान

काठमाडाैं, साउन २० : महँगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ।दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि...
महँगी र भ्रष्टाचारविरुद्ध एमालेले थाल्याे हस्ताक्षर अभियान

काठमाडाैं, साउन २० : महँगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ।

दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो।

अभियान तीन दिन सम्म चल्ने एमालेले जनाएका छन्। अभियानका क्रममा सवै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन्।

महँगी र भ्रष्टाचारका कारण नागरिकहरुले दुख पाउनुपरेको भन्दै अभियानमा सहभागीता जनाउन एमालेले आह्वान पनि गरेको छ ।

प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्