इटहरीमा अन्तरविद्यालय इन्डोर क्रिकेट हुने
काठमाडाैं, साउन २० : सुनसरीमा पहिलोपटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ। साउन २२ देखि सुरु हुने प्रतियोगितामा सुनसरीका विद्यालयहरुको सहभागिता रहनेछ।प्रतियोगिता इटहरी क्रिकेट...
काठमाडाैं, साउन २० : सुनसरीमा पहिलोपटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ। साउन २२ देखि सुरु हुने प्रतियोगितामा सुनसरीका विद्यालयहरुको सहभागिता रहनेछ।
प्रतियोगिता इटहरी क्रिकेट एकेडमीले आयोजना गर्न लागेको हो। टिम दर्ताका समय बाँकी नै रहेकाले सहभागी टिमको भने टुंगो लागि नसकेको एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीलाई एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिने आयोजकले जनाएको छ।
सुनसरीमा विद्यालय स्तरबाटै क्रिकेटर उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको पौडेलले बताए। प्रतियोगिता इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा हुनेछ।
प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











