Kathmandu Press

‘सरकारले कसैको पछाडि गुप्तचर खटाउने र फोन ट्यापिङ गर्ने काम गरेकाे छैन’

काठमाडौं, साउन २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कसैको पछाडि गुप्तचर खटाउने र गोप्य रूपमा फोन ट्यापिङ गर्नेजस्ता काम नगरेको स्पष्ट...
‘सरकारले कसैको पछाडि गुप्तचर खटाउने र फोन ट्यापिङ गर्ने काम गरेकाे छैन’

काठमाडौं, साउन २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कसैको पछाडि गुप्तचर खटाउने र गोप्य रूपमा फोन ट्यापिङ गर्नेजस्ता काम नगरेको स्पष्ट पारेका छन्। सरकारका प्रवक्तासमेत रहेका कार्कीले यस्तो विषयमा कसैले भ्रम नछर्न र त्यस्तो भ्रममा नपर्नसमेत आग्रह गरे। 

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले आफ्नो जासुसीका लागि सरकारले गुप्तचर खटाएको भन्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्ट पार्न चाहन्छु। यस्तो भ्रममा कोही पनि नपर्नुहुन अनुरोध गर्दछु।’

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको समेत बताए। एमाले अध्यक्ष ओलीले बिहीबार नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्न उठाएका थिए।

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्