Kathmandu Press

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

काठमाडौं, साउन २० : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेसहितका विभिन्न १३ वटा निर्णय गरेको छ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले मध्य भोटेकोशी प्रसारण लाईन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने, निक्षेप सुरक्षणको सीमा ३ लाखबाट वृद्धि गरि ५ लाख पुर्‍याउने निर्णय गरेको छ भने जापान सरकारका प्राप्त हुने  करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।

त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने, मन्त्रिपरिषद्को  सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गर्ने र लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्