शेफिल्ड युनाइटेडसँग बराबरीमा रोकियो म्यानचेस्टर
एजेन्सी, मंसिर ९ : शेफिल्ड युनाइटेडसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । आइतबार राती इङ्लिश प्रिमियर लिग अन्तर्गत भएको खेलमा शेफिल्ड युनाइटेडस....

एजेन्सी, मंसिर ९ : शेफिल्ड युनाइटेडसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । आइतबार राती इङ्लिश प्रिमियर लिग अन्तर्गत भएको खेलमा शेफिल्ड युनाइटेडसँग म्यानचेस्टर युनाइटेड ३/३ को बराबरीमा रोकिएको हो।
खेलमा पहिलो अग्रता १९ औं मिनेटमा फ्लेकको गोलले शेफिल्डले लिएको थियो । पहिलो हाफमा १/० ले पछि परेको म्यानचेस्टर युनाइटेडलाई मोएसेटले खेलको ५२ औं मिनेटमा गोल गरे र २/० ले पछि पारे। खेलको ७२ औं मिनेटमा लयमा फर्किएको म्यानचेस्टरले लगातार ७२, ७७ र ७९ औं मिनेटमा लगातार ३ गोल गर्दै २/० को नतिजालाई ३/२ ले आफ्नो पक्षमा ल्यायो।
म्यानचेस्टरका लागि ३ गोल क्रमशः विलियम्स, ग्रीनवुड तथा मार्कश राशफर्डले गरेका थिए। खेलमा फर्किएको म्यानचेस्टर युनाइटेडले ९० औं मिनेटमा शेफिल्डका म्याकबुर्नीको गोल खायो र बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
यो सँगै जारी लीगमा १३ खेलबाट १७ अंक जोडेको म्यानचेस्टर युनाइटेड अंकतालिकाको ९ औं स्थानमा छ भने १८ अंकसहित शेफिल्ड छैटौं स्थानमा छ।











