Kathmandu Press

त्रिभुवन विमानस्थलबाट सुनको बेरुवा औँठीसहित दुई जना पक्राउ 

काठमाडौं, साउन २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई व्यक्ति पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार बिहीबार नेपाल एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका दुई व्यक्तिलाई...
त्रिभुवन विमानस्थलबाट सुनको बेरुवा औँठीसहित दुई जना पक्राउ 

काठमाडौं, साउन २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई व्यक्ति पक्राउ परेका छन् । 

विमानस्थल प्रहरीका अनुसार बिहीबार नेपाल एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका दुई व्यक्तिलाई सुनको बेरुवा औंठिसहित पक्राउ गरेको हो ।  

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१५ रामपुरका विवेक तिम्सिना  र दक्षिणकाली नगरपालिका–४ काठमाडौंका साजन श्रेष्ठ रहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । उनीहरुको गतिविधि शंकास्पद लागेर विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई लैजान खोजिएको सुनको बेरुवा औंठि भेटिएको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका तिम्सिना र  श्रेष्ठको साथबाट दुई–दुई थान सुनको धातुको बेरुवा औंठी बरामद गरिएको हो । बरामद धातुको तौल अन्दाजी १६० ग्राम रहेको प्रहरीले जनाएको छ। 

उनीहरुमाथि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्