Kathmandu Press

‘तत्काल दुई तिहाईको सम्भावना छैन, बहुमत ल्याउन सक्छौं’

उनले दुई तिहाई नसकेपनि एमालेले आगामी संघ र प्रदेशको निर्वाचनबाट बहुमत भने ल्याउन सक्ने दाबी गरे ।
‘तत्काल दुई तिहाईको सम्भावना छैन, बहुमत ल्याउन सक्छौं’
फाइल तस्बिर

काठमाडौं, साउन २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल दुई तिहाई सिट ल्याउने सम्भावना नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान र कानुनमा देखिएका विभिन्न त्रुटिहरुलाई सुधार गर्नका लागि एमालेले दुई तिहाई सिट ल्याउनै पर्ने भएपनि तत्कालै त्यो सम्भावना नरहेको बताएका हुन् । 

उनले दुई तिहाई नसकेपनि एमालेले आगामी संघ र प्रदेशको निर्वाचनबाट बहुमत भने ल्याउन सक्ने दाबी गरे । ‘ इमानदार प्रयासलाई संगठित र योजनावद्ध ढंगले अगाडि बढाउन सकियो भने बहुमत प्राप्त हुन सक्छ,’ उनले भने।

उनले संविधानमा त्रुटि भएकै कारण सर्वोच्च अदालतले संविधानको धारा ७६९५० लाई नबुझेको समेत बताए । ‘अरुले त बुझेन बुझेन सर्वोच्च अदालतले पनि बुझेन । के हो के,’ उनले भने, ‘राष्ट्रपति, सरकार र मन्त्रिपरिषद्ले समेत नबुझेको भनिदियो । अन्ततः अदालत आफैले बुझायो ।  सर्वोच्चले व्याख्या भन्ने ठाउँमा केरमेट र हेरफेर गरिदियो।

उनले यस्ता कुराहरुलाई सच्याएर केन्द्र र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्ने बताए । ‘स्थानीय तहमा भएको क्षतिलाई यताबाट भर्पाई गर्नुपर्छ र स्थानीय तहलाई पनि ठिक ढंगले चलाउन दिशानिर्देश गर्नुपर्छ,’ उनले भने ।    
 

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्