Kathmandu Press

देशलाई जिताउन एमालेले चुनाव जित्नैपर्छ : ओली

काठमाडौं, साउन २१ : एमाले अध्यक्ष केपी ओलीले एमालेले अबको निर्वाचन हार्न नमिल्ने भन्दै सम्पूर्ण रुपले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। एमालेको उपत्यका...
देशलाई जिताउन एमालेले चुनाव जित्नैपर्छ : ओली

काठमाडौं, साउन २१ : एमाले अध्यक्ष केपी ओलीले एमालेले अबको निर्वाचन हार्न नमिल्ने भन्दै सम्पूर्ण रुपले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। 

एमालेको उपत्यका विशेष प्रदेश कमिटीले आज (शुक्रबार) आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्दै ओलीले एमालेले हार्दा देश हार्ने बताए। ‘अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। एमालेका लागि त केही छैन। पाँच वर्ष प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्छ, आवाज उठाउँछ। तर राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, शुसासन, विकासका लागि एमालेले जित्नैपर्छ। एमालेले हार्दा देश हार्छ। देशलाई जिताउन एमालेले जित्नैपर्ने अवस्था छ।’

उनले एमाले सरकारबाट हटेयता भ्रष्टाचार र बेथिति बढेको दाबी गरे।

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्