Kathmandu Press

आगामी चुनावमा सत्ता गठबन्धन दलहरूकाे तालमेल संविधानविपरीत : रावल

काठमाडाैं, साउन २१ : एमालेका प्रभावशाली नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय...
आगामी चुनावमा सत्ता गठबन्धन दलहरूकाे तालमेल संविधानविपरीत : रावल

काठमाडाैं, साउन २१ : एमालेका प्रभावशाली नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरीत भएको बताएका छन्।

रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनै पनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरीत हुने बताएका हुन्।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरीत तालमेलको नाममा लोकप्रिय मत मागेको उनले बताए। रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निश्पक्ष र भयरहित वातवरणमा गराउनुपर्नेमा जोड दिए।

रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरुको सरुवा र केही महत्वपूर्ण नियुक्ती गरेको भन्दै विरोध जनाउनुभयो। त्यस्तै रावलले निर्वाचनमा उम्मेद्धवारले मनोनयन गर्दाको समयसम्म सांसद पद कायम रहने जिकिर गरे।

उनले हिन्द प्रशान्त क्षेत्रमा शक्ति राष्ट्रहरुको बीचमा प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै ताइवानमा अमेरिकी सभामुखको भ्रमणपछि त्यहाँ तनाव उत्पन्न भएको पनि बताए। त्यस्तै, रावलले नागरिकतासम्बन्धी प्रावधान खुकुलो बनाइएकोमा आक्रोश व्यक्त गरे। 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्