Kathmandu Press

बाबुरामले बोलाए समाजवादी पार्टीको पहिलो बैठक 

काठमाडौं, साउन २० : नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिबार बस्ने गरी पार्टीको बैठक बोलाएका हुन् ।निर्वाचन...
बाबुरामले बोलाए समाजवादी पार्टीको पहिलो बैठक 

काठमाडौं, साउन २० : नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिबार बस्ने गरी पार्टीको बैठक बोलाएका हुन् ।

निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ। शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ।

त्यस्तै बैठकले केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिने बताइएको छ। बैठकमा मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।

 

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्