परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का मंगलबार ( साउन २४ गते ) चीन जाने भएका हुन् ।
काठमाडौं, साउन २० : परराष्ट्रमन्त्री नारायण खड्का चीन जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का मंगलबार ( साउन २४ गते ) चीन जाने भएका हुन् ।
उनी चिनियाँ समकक्षी वाङ यी को निमन्त्रणमा चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











