Kathmandu Press

संघीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने सहमति, सिट बाँडफाटका लागि कार्यदल गठन 

शुक्रबार बालुवाटारमा बसेको बैठकमा मंसिर ४ गते एकै चरणमा हुने संघ र प्रदेशको निर्वाचनका लागि गठबन्धन दलबीच तालमेल गर्ने समझदारी जुटेको हो । 
संघीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने सहमति, सिट बाँडफाटका लागि कार्यदल गठन 

काठमाडौं, साउन २० : सत्ता गठबन्धन दलबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ । शुक्रबार बालुवाटारमा बसेको बैठकमा मंसिर ४ गते एकै चरणमा हुने संघ र प्रदेशको निर्वाचनका लागि गठबन्धन दलबीच तालमेल गर्ने समझदारी जुटेको हो । 

स्रोतका अनुसार तालमेलका लागि सिट बाँडफाट गर्न ९ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा गठबन्धनमा रहेका पाँचै दलका नेताहरु सदस्य रहेका छन् । कार्यदलले भदौसम्म भागबन्डाको टुंगो लगाउने भनिएको छ ।

गठबन्धन दलबीच तालमेल हुने भएपनि भागबन्डा पेचिलो बन्ने आकलन गरिएको छ । कांग्रेससले प्रतिनिधि सभाको १६५ सिटमध्य ९० भन्दा बढी सिटमा दाबी गर्दै आइरहेको छ । त्यस्तै माओवादी केन्द्रले ५० भन्दा बढी सिट दाबी गर्ने बताइएको छ । त्यस्तै जसपा र एकीकृत समाजवादीले पनि धेरै सिट दाबी गरेको बताइएको छ । 

यस्तो अवस्थामा सहमति गरेर सिट बाँडफाट गर्न कार्यदल बनाइएको हो  । 

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्