Kathmandu Press

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा रमेश बिजी विजयी, अरू को-को चयन भए ? 

काठमाडौं, मंसिर ९ : नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं अध्यक्षमा सर्जक रमेश बिजी विजयी भएका छन्। बिजीले निकटतम प्रतिद्वन्द्वी विष्णु खत्....

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा रमेश बिजी विजयी, अरू को-को चयन भए ? 

काठमाडौं, मंसिर ९ : नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं अध्यक्षमा सर्जक रमेश बिजी विजयी भएका छन्। बिजीले निकटतम प्रतिद्वन्द्वी विष्णु खत्रीलाई ३९ मतले पराजित गरेका हुन् ।

बिजीले ५ सय ८४ मत प्राप्त गर्दा खत्रीले ५ सय ४५ मत पाए । मंसिर ६ देखि ८ गतेसम्म पोखरामा चलेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनले ५५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

Hardik ivf

प्रतिष्ठानको कोषाध्यक्षमा राजु ढकाल, सह–कोषाध्यक्षमा ईश्वरी प्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा क्रमशः जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा निर्वाचित भए ।

यसैगरी ७ महिला केन्द्रिय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृत लुगेली मगर, सरला पाण्डे र सिता पाण्डे बिजयी हुँदा खुला केन्द्रिय सदस्य १२ पदमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, बिमल अधिकारी, महेन्द्र गौतम, दिपक गरौजा मगर, सागर गुरुङ, बिक्रम थापा र युवराज मगर निर्वाचित भए । त्यस्तै प्रतिष्ठानको केन्द्रिय सदस्य भूगोल गण्डकी १ पदमा तारानाथ आचार्य, केन्द्रिय सदस्य बिदेश शाखा २ पदमा रामकृष्ण बम मल्ल र दुर्गा पंगेनीले बाजी मारे। 

यसअघि प्रतिष्ठानका ११ पद भने सर्वसम्मत चयन भएको थिए । जसअन्तर्गत बरिष्ठ उपाध्यक्षमा गायिका रिता थापा, प्रथम उपाध्यक्षमा चर्चित गायक पशुपति शर्मा, दित्तीय उपाध्यक्षमा गायक रामजी खाँण, तृतीय उपाध्यक्षमा दिपक खड्का, महिला उपाध्यक्ष तर्फ गायिका राधिका हमाल, महासचिवमा सुबास केसी, उपमहासचिवमा शिब हमाल गायक एवम् नृत्य निर्देशक शँकर बिसी सांगठनिक सचिबमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सह कोषाध्यक्षमा पुर्णकला बिसी निर्विरोध निर्वाचित भएका थिए  ।

प्रतिष्ठानको महाधिवेशनका लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ मत मात्रै खसेको थियो । 

प्रकाशित मिति: ०७:३१ बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्