सप्तकोशी बाढी पीडितसँग परराष्ट्रमन्त्रीले भने,-राहत र उचित व्यवस्थापन हुन्छ
काठमाडौं, साउन २० : परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्...
काठमाडौं, साउन २० : परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोशी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्बसाधारण विस्थापित भएका छन् ।
प्रकाशित मिति: ०८:४० बजे, शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











