Kathmandu Press

सर्वोच्चले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

काठमाडौं, साउन २० : सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ ।सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण...
सर्वोच्चले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

काठमाडौं, साउन २० : सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ ।

सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्योट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म पाँच वर्ष नाघेका मुद्दा ४ हजार ८ सय १९ थान छन् ।

त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६ सय १२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आज पनि अदालत खुल्ने भएको हो ।

प्रकाशित मिति: ०८:३० बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्