मुग्लिन-नारायणगढ सडक खण्ड फेरी अवरुद्ध
काठमाडौं, साउन २० : मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी...
काठमाडौं, साउन २० : मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो ।
पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।
गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् ।
प्रकाशित मिति: ०७:३२ बजे, शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











