Kathmandu Press

उम्मेदवारी दिएपछि सांसदको पद स्वतः जान्छ : थपलिया

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले उमेदवारी दिएपछि सांसद पद स्वतः जाने बताएका हुन् ।
उम्मेदवारी दिएपछि सांसदको पद स्वतः जान्छ : थपलिया

काठमाडौं,  साउन १९  : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सांसदहरूले उमेदवारी दिएपछि स्वतः उनीहरूको पद समाप्त हुने बताएका छन् ।

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले उमेदवारी दिएपछि सांसद पद स्वतः जाने बताएका हुन् ।

आयोगले संविधानमा भएको व्यवस्था अनुसार निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने गरी मंसिरको २१ गते पदावधि सकिने भनेर सरकारलाई जानकारी गराएको उनले बताए ।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्