आगामी चुनावमा झण्डै १० लाख मतदाता थपिने
काठमाडौं, साउन १९ : निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने बताएको छ । बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख...
काठमाडौं, साउन १९ : निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने बताएको छ ।
बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यो संख्या १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान रहेको बताएका हुन् ।
उनले झन्डै १० लाख हाराहारी मतदाता थपिन सक्ने बताउँदै सो संख्या आयोगले छिट्टै सार्वजनिक गर्ने बताए ।
प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











