काठमाडौंका मेयर साह र गगन थापाबीच भेटवार्ता
काठमाडौं, साउन १९ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । हिजो बुधवार मेयर साह...
काठमाडौं, साउन १९ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ ।
हिजो बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएको महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
भेटमा काठमाण्डौको फोहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको उनले उल्लेख गरेका छन् ।
काठमाण्डौ महानगरपालिकाको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने भने महामन्त्री थापाले बताए ।
प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











