मतदाता नामावली संकलन कार्य भोलिदेखि स्थगित
काठमाडौं, साउन १९ : निर्वाचन आयोगले भोलि (साउन २० गते) देखि मतदाता नामावली संकलन कार्य स्थगित गर्ने घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै...काठमाडौं, साउन १९ : निर्वाचन आयोगले भोलि (साउन २० गते) देखि मतदाता नामावली संकलन कार्य स्थगित गर्ने घोषणा गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली संकलनको काम शुक्रबारदेखि स्थगित गरेको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारबाट निर्वाचन मिति घोषणा भइसकेका कारण मतदाता नामावली संकलनको काम भोलिदेखि नै स्थगित हुने बताए ।
अनलाईन माध्यमबाट मतदाता नामावली संकलनका लागि अनलाईन फाराम भरी औंठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएको व्यक्तिहरुको हकमा भने साउन २१ गतेसम्म औंठाछाप र फोटो लिने व्यवस्था मिलाइएको आयागले जानकारी दिएको छ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंसिर ४ गतेको मिति तोकेको छ ।











