विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले आधिकारिक लोगो सार्वजनिक
काठमाडाैं, साउन १९ : नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाइज टोली विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले आधिकारिक लोगो सार्वजनिक गरेको छ।बिहीबार काठमाडौंमा आयोजित एक...
काठमाडाैं, साउन १९ : नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाइज टोली विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले आधिकारिक लोगो सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच विराटनगर र जनकपुरले लोगो सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिगमा दुवै टोलीले सहभागीता जनाउदै छन्।
लिगमा विराटनगर र जनकपुर सहित ६ टोलीले सहभागीता जनाउदै छन्। लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ।
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ।
प्रकाशित मिति: १७:३० बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











