आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहन्छ : मीनबहादुर विश्वकर्मा
काठमाडाैं, साउन १९ : नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिस्पर्धा हुने बताएका छन्।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
काठमाडाैं, साउन १९ : नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिस्पर्धा हुने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै उनले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताए।
विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकत्ता भएको उल्लेख गरे। कांग्रेसले स्थानीय तहको निर्वाचनमा २०७४ को भन्दा राम्रो नतिजा र परिणाम ल्याएको भए पनि आफू अझै सन्तुष्ट नभएको उहाको भनाइ छ। उनले प्रधानमन्त्री देउवाले कार्यव्यस्तताको कारण अमेरिकाको भ्रमण नगरेको स्पष्ट पारे।
त्यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समिक्षा हुनुपर्ने बताए।
निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो। नेता रायमाझीले आफूहरुको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको जिकिर गरे।
नेता रायमाझीले अहिले राष्ट्रियतामाथि सबभन्दा ठूलो संकट आएको पनि टिप्पणी गरे। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु आआफ्ना एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा उहाले जोड दिए।











