Kathmandu Press

‘सरकारले तोकेको समयमा निर्वाचन सम्पन्न गर्न आयोग पूर्ण सक्षम छ’

निर्वाचन मिति घोषणा भएसँगै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुने भन्ने संवैधानिक र कानुनी अस्पष्टता अन्त्य भएको आयोगको ठहर छ ।
‘सरकारले तोकेको समयमा निर्वाचन सम्पन्न गर्न आयोग पूर्ण सक्षम छ’

काठमाडौं, साउन १९ : निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ सम्पन्न गर्न सक्षम रहेको जानकारी दिएको छ ।
 
सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको मिति घोषणा गरेपछि आयोगले पत्रकार सम्मेलन गर्दै तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न पूर्ण रुपमा प्रतिवद्ध रहेको जानकारी दिएको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन मिति घोषणा भएकामा सरकारलाई धन्यवाद समेत दिएका छन् । निर्वाचन मिति घोषणा भएसँगै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुने भन्ने संवैधानिक र कानुनी अस्पष्टता अन्त्य भएको आयोगको ठहर छ ।
 
यसले आगामी आवधिक निर्वाचनलाई पनि मार्गप्रशस्त गरेको आयोगले दाबी गरेको छ । निर्वाचनका लागि कम्तिमा १२० दिन चाहिने भएपनि मंसिर ४ सम्म १०७ दिनको समय रहेको र उक्त समय आयोगका लागि पर्याप्त रहेको प्रवक्ता पौडेलले बताए ।
 
उनले निर्वाचनका लागि आवश्यक प्रक्रिया भोलिदेखि नै सुचारु हुने बताए ।  
 

प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्