आगामी निर्वाचनपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्छ : पौडेल
काठमाडाैं, साउन १९ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।ओलीको नेतृत्वमा सरकार...काठमाडाैं, साउन १९ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सबै दल मिलेर गठबन्धन बनाएको उनको भनाइ छ।
पौडेलले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने धारणा राखे। आगामी निर्वाचनमा राज्यशक्तिको दुरुपयोग हुन सक्ने भन्दै उहाले जनताको शक्तिको अगाडि राज्यशक्तिको दुरुपयोग बलियो हुन नसक्ने तर्क गरे।
मंसिर चार गर्ने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तीन महिनाको अवधिमा पार्टीको बिचारलाई जनतामाझ लानुपर्ने उनले बताए।
उनले एमालेलाई संसदको ठुलो पार्टी बनाउन तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











