काठमाडौं उपत्यकामा ३५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय ४६, ललितपुरमा...
काठमाडौं, साउन १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय ४६, ललितपुरमा ८८ र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ७० सय पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार १ सय, ललितपुरमा ६ सय ९१ र भक्तपुरमा ७९ रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ पुगेको छ।
प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











