Kathmandu Press

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सचिवालयमा नियुक्त गरेको हाे।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त 

काठमाडौं, साउन १९ : प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सचिवालयमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । त्यस्तै बैठकले जलवायु परिवर्तन विज्ञमा डा. माधव कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार नियुक्त भएका सुवेदी विद्यार्थीकालमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आवद्ध थिए । पछिल्लो समय उनी व्यवसायमा संलग्न छन् ।

उनले पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजना अघि बढाइरहेका छन्। 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्