थपिए ७६० कोरोना संक्रमित, १ जनाकाे मृत्यु
देशभर गरिएको २ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टिजेन परिक्षणका क्रममा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडाैं, साउन १९ : नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टिजेन परिक्षणका क्रममा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ।
त्यस्तै थप ३ सय २४ जना संक्रमित निको हुँदा अहिलेसम्म ९ लाख ७१ हजार २ सय ५० संक्रमित निको भएका छन्। हाल नेपालमा ५ हजार ६ सय २ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार