Kathmandu Press

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच छलफल

काठमाडौं, साउन १९ : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ। सडक...
कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच छलफल

काठमाडौं, साउन १९ : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ।

 सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार भएको छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (पूmलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरे। 
 
नेता निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिनुभएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। 

जटही–जनकपुर–ढल्केवर छ लेनको सडक निधि भौतिक पूर्वाधारमन्त्री भएकै बेला सम्पन्न भएको थियो। कलकत्ता बन्दरगाहदेखि दरभङ्गा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह  गरेका छन्। मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्रसिंह सेखावतबीच पनि भेटघाट भएको छ। 

भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । मन्त्री गड्गरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा पनि सहभागी भएका थिए। त्यस अवसरमा राजदूत डा शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका छन्।  

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्