Kathmandu Press

'एसपिपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाइएको पत्र संसदीय समितिमा पेस गर्नुपर्छ'

काठमाडाैं, साउन १९ : एमाले सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र...
'एसपिपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाइएको पत्र संसदीय समितिमा पेस गर्नुपर्छ'

काठमाडाैं, साउन १९ : एमाले सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेस गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको मिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा राववले एसपिपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा उक्त पत्र पेस गर्नुपर्ने बताएका हुन्।

एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकार प्रति अविश्वास बढेको उनको भनाइ छ। संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए।

उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको जिकिर गरे। बैठकमा अन्य सांसदहरुले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए। 

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्