कोसी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले भने- पीडितका लागि सरकारले उचित प्रबन्ध गर्छ
काठमाडाैं, साउन १९ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले सप्तकोसी नदीमा आएको बाढीपीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन्।बिहीबार सप्तकोशी नदी...
काठमाडाैं, साउन १९ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले सप्तकोसी नदीमा आएको बाढीपीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन्।
बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका विभिन्न स्थान र कोसी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन्।
उनले बाढीका कारण हजारौं विस्थापीत हुनुपरेको र अव नदिको वहाव कम भएपछि बाध बाँध्ने काम सुरु हुने जानकारी दिए।
कोसीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्।
प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











