निर्वाचन मिति घोषणा स्वाभाविक र अपेक्षित : ओली
काठमाडाैं, साउन १९ : एमाले अध्यक्ष केपी ओलीले सरकारद्वारा निर्वाचन मिति घोषणा गरिनु स्वाभाविक र अपेक्षित भएको प्रतिक्रिया दिएका छन्।आज (बिहीबार) सरकारले आगामी मंसिर ४...
काठमाडाैं, साउन १९ : एमाले अध्यक्ष केपी ओलीले सरकारद्वारा निर्वाचन मिति घोषणा गरिनु स्वाभाविक र अपेक्षित भएको प्रतिक्रिया दिएका छन्।
आज (बिहीबार) सरकारले आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभर एकै चरणमा गर्ने निर्णय गरेकै दिन कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा रहेका ओलीले त्यसलाई स्वाभाविक घटनाका रूपमा अर्थ्याएका हुन्।
‘निर्वाचन घोषणा स्वाभाविक र अपेक्षित हो। चुनावमा देश जानुपर्ने कुरा उठाउँदै आएका थियौं,’ ओलीले भने। उनले सरकारको निर्णय स्वागतयाेग्य भएकाे पनि बताए।
आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले मंसिर ४ मै निर्वाचन गर्ने निर्णय गर्नुअघि सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो।
निर्वाचन आयोगले पनि मंसिर पहिलो सातातिर गर्नेगरी निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो।











