Kathmandu Press

मेसीलाई बार्सिलोनामा चाहन्छन् जाभी

काठमाडाैं, साउन १९ : लियोनल मेसी र जाभी हर्नान्डेज स्पेनिस क्लब बार्सिलोनाका सुनौलाे पुस्ताका खेलाडी हुन्। यी दुईले बार्सिलोनाका लागि दशक बढी सँगै...
मेसीलाई बार्सिलोनामा चाहन्छन् जाभी

काठमाडाैं, साउन १९ : लियोनल मेसी र जाभी हर्नान्डेज स्पेनिस क्लब बार्सिलोनाका सुनौलाे पुस्ताका खेलाडी हुन्। यी दुईले बार्सिलोनाका लागि दशक बढी सँगै खेले र बार्सिलोनालाई ट्रेबलसहित युरोपकै सर्वोत्कृष्ट क्लब बनाए।

सन् २०१५ मा क्यानलान क्लब छाडेका मिडफिल्डर जाभीले प्रशिक्षकका रुपमा गत सिजनबाट पुनः बार्सिलोना फर्किएका छन्। जाभी प्रशिक्षक बनेर बार्सिलोना फर्किँदा उनका ‘टिम मेट’ मेसीले पनि क्लब छाडिसकेका थिए।

मेसीले क्लब छाडेपछि खराब लयमा रहेको क्लबलाई पुनः लयमा फर्काउने उद्देश्यसहित बार्सिलोनले जाभीलाई प्रशिक्षकका रुपमा क्याम्प नेउ ल्यायो। गत सिजनको मध्यका टिम सम्हालेका जाभीले बिस्तारै बार्सिलोनालाई लयमा फर्काउँदैछन्।

समर ट्रान्सफर विन्डोमा थुप्रै रकम खर्चिएको बार्सिलोनाको प्रिसिजनको प्रदर्शनले पनि त्यसलाई पुष्टि गर्छ। तिनै जाभीले आफ्ना पूर्वटिममेट मेसीलाई बार्सिलोनाको जर्सीमा देख्न चाहेका छन्। कोरोनाका कारण ठूलो आर्थिक क्षति बोहोेको बार्सिलोनाले चाहँदा चाहँदै सम्झौता नवीकरण गर्न नसकेपछि मेसी ‘फ्री ट्रान्सफर’मा फ्रेन्च क्लब पिएसजी पुगेका थिए।

मेसीले पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन्। मेसीको सम्झौता सिजनको अन्त्यसँगै सकिँदै छ। त्यसपछि मेसी पुनः क्याम्प नाउ फर्किउन् आशा जाभीको छ।

‘मेसीको समय अझै सकिएको छैन। मलाई लाग्छ, मेसी दोस्रो पटक बार्सिलोना फर्कन योग्न छन्। त्यो अर्को वर्ष हुन्छ,’ जाभीले भनेका छन्, ‘उनी अहिले पिएसजीका खेलाडी हुन्, तर म उनलाई बार्सिलोनामा चाहन्छु।’

बार्सिलोना सफल रहेका मेसी पिएसजीमा फर्मममा फर्कन संघर्षरत छन्। गत सिजन उनले ११ गोल मात्र गरेका थिए। यो मेसीको सन् २००५/०६ पछिको सबैभन्दा खराब प्रदर्शन हो। यसैबीच बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेसीले बार्सिलोनबाटै कअिरको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्।

‘बार्सिलोनामा मेसीको समय सकिएको छैन, हामी सबै उनलाई क्लबमा चाहन्छौं,’ लापोर्टाले भनेका छन्।

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्