Kathmandu Press

चिनियाँ नागरिक अपहरण गरी १ करोड फिरौती मागेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, साउन १९ : चिनियाँ नागरिक अपहरण गरेर १ करोड रुपैयाँ फिरौती मागेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।एक चिनियाँ नागरिकलाई बुधबार...
चिनियाँ नागरिक अपहरण गरी १ करोड फिरौती मागेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, साउन १९ : चिनियाँ नागरिक अपहरण गरेर १ करोड रुपैयाँ फिरौती मागेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

एक चिनियाँ नागरिकलाई बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट अपहरण गरेर नयाँ बसपार्कमा पुर्‍याई बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

अपहरणको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने सबै नेपाली नागरिक रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्